ब्राजिलकी एक प्लेबोय मोडल आफ्नो ताजा तस्बिरका कारण विवादमा छिन् । ल्युआना स्यान्डियनले हाल दुबईको एक मरुभूमीमा टपलेस तस्बिर सुट गरेकी थिइन् र ती तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यी तस्बिर भाइरल भएपछि उनले अनलाइनमा धम्की पाइरहेको बताइरहेकी छिन् र उनले कुनै पनि गलत काम नगरेको पनि बताएकी छिन् ।

ल्यूआनाले डेली स्टारसँगको कुराकानीमा ती तस्बिरलाई आफ्नो सबैभन्दा उत्कृष्ट तस्बिर बताएकी छिन् र यसका लागि उनी कसैलाई पनि लज्जित बनाउन नचाहेको पनि बताएकी छिन् । यसबारे उनी भन्छिन्, ‘मलाई थाहा थियो कि यो देशमा नग्न तस्बिर खिच्न मनाही छ त्यसैले मैले आफूले आफैंलाई ढाक्ने कोसिस पनि गरेँ तर यति गर्दा पनि केही अनलाइन हेटर्सले मलाई धम्की दिइरहेका छन् ।’

यद्यपि, अनलाइन धम्कीबीच उनले थुप्रै मानिसहरुलाई जवाफ फर्काइरहेकी छिन् । एक व्यक्तिले उनलाई सोधे, ‘आखिर तिमीलाई अहिलेसम्म किन पक्राउ गरिएन ?’ यसको जवाफमा उनले लेखेकी छिन्, ‘मेरो चार्मका कारण । म जे गर्न चाहन्थे, उनीहरुले मलाई त्यहि गर्न दिए ’ साथै अर्का व्यक्तिले भने, ‘हरेक देशको कुनै कानून र नियम हुन्छन्, यदि तपाईं त्यो अनुसरण गर्नु हुन्नँ भने स्पष्ट छ, तपाईं समस्यामा पर्नुभयो ।’

स्मरण रहोस्, थुप्रै मिडिल इस्ट देश झैं दुबईमा पनि सार्वजनिक शालीनताको विषयमा मानिसरुहरु निकै गम्भीर छन् र सार्वजनिक स्थानमा मानिसहरु निकै भद्र पहिरन लगाउँछन् र स्विम सुट स्विमिङ पूल वा समुद्र तटसम्म मात्रै सिमित हुन्छन् ।

यसअघि रियालिटी टिभी शो लव आइल्याण्ड स्टार जर्जिया स्टिल पनि मल्दिभ्सका मानिसहरुबाट निकै आलोचना व्यवहोर्नु परेको थियो किनभने उनले माल्दिभ्समा टपलेस तस्बिर खिचेर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

Source: Ratopati

प्रतिक्रिया

सम्बन्धित खवर