काठमाडौं, ८ भदौ । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको बताए ।

सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेसनमा उपचार गराइरहेका छन् । कोरोना सङ्क्रमितको संख्या बढेसँगै नगरपालिकाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ ।

उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० बेडको रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर