ओस्कार अवार्डको आयोजक ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज’ (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सार्ने निर्णय गरेको छ । एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै २७ मार्च २०२२ मा समारोह आयोजना गर्ने घोषणा गरेको हो । यसअघि २७ फेब्रुअरी २०२२ मा अवार्डको मिति तय थियो ।
हलमा रिलिज हुने तय भएपनि कोरोना भाइरसका कारण अनलाइनमार्फत नै रिलिज भएका धेरै फिल्महरु यसपटक पनि पुरस्कारको दौडमा रहने देखिएको छ । ९३ औं ओस्कार अवार्ड भने भर्खरै मात्र आयोजना भएको थियो । २५ अप्रिलमा आयोजित यस समारोहमा नोम्याड ल्यान्डले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।