काठमाडौँ, ७ भदौ । धरानमा कोरोनाभाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान ८ का ६८ वर्षीय पुरुष रहेका छन् । साउन २९ गते कोरोना पुष्टि भएपछि साउन ३० गते अस्पताल भर्ना भएका थिए । ति पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९उपचार केन्द्रमा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, मधुमेह र रक्तचापको समस्या भएका उनको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई ४ दिनअघि प्लाज्मा थेरापी गरेर उपचार गरिएको थियो ।

धरानमा हालसम्म १ सय १ जना संक्रमितहरु रहेका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । संक्रमण नियन्त्रणका लागि धरानमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर