डा. गोविन्द के.सि. फेरी अनसन सुरु गरेका छन् । उनको यो १९ औं अनसन हो । पछिल्लो समय जुम्लालाई कार्यक्षेत्र बनाएका केसिले आफ्नो यसपटकको अनसन पनि जुम्लामा गर्ने भएका छन् । उनले यस पटक जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौर मासत्याग्रह शुरू गरेका छन् ।
निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारको लुटतन्त्र र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह शुरू गरेको डा. केसीले बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरू गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना प्रक्रिया अघि बढाउनुपर्ने माग उनले राखेका छन् ।
आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरू राखेर डा। केसीले अनशन शुरू गरेका छन् । यसअघि उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलेको सत्याग्रहका बेला गरिएका सम्झौता हालसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर