नेपाली चलचित्र क्षेत्रमा नायक नाजिर हुसेनको छुट्टै छाप छ । नाजिरको अभिनयले दर्शकको मन पनि छोएको छ । तर, पनि नाजिरका चलचित्रले व्यवसायिक रुपमा सफलता पाउन सकेका छैनन् । नाजिर लामो समयदेखि हिट चलचित्रको खोजीमा छन् ।
लकडाउनपछि भने नाजिरको व्यस्तता म्यूजिक भिडियोमा पनि उस्तै बढेको छ । उनले अभिनय गरेका केही गीतले दर्शकको मन जिते । नाजिरको अभिनय र उनको नृत्यलाई पनि दर्शकले रुचाए । म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएका मोडलमा पर्छन् नाजिर ।
![](https://chankheli.kblu.org.np/wp-content/uploads/2021/05/jalpapost-ad-250250.gif)
तस्वीरः शंकर गिरी