लोपोन्मुख राउटे समुदायका युवतीलाई मदिरा खुवाएर यौन दु’र्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। युवतीहरूलाई स्थानीय एक होटेलमा मदिरा खुवाई यौ’न दु’र्व्यवहार गरेको आरोपमा शनिवार राति सुर्खेत प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

प’क्राउ पर्नेमा गुर्भाकोट नगरपालिका वडा नं. ९ का ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेका छन्। उनीहरुले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाइ यौ’नजन्य क्रियाकलापको भिडियो बनाएर फेसबुकमा राखेका थिए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरूलाई मदिरा खुवाएर दु’र्व्यवहार गर्नु र  भिडियो रेकर्ड गर्नु आपराधिक क्रियाकलाप भएको बताए। घटनाको गम्भिर अनुसन्धान गरि कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउने रिजालको प्रतिवद्धता छ।

राउटेको सुरक्षामा गुर्भाकोट नगरपालिकाको चासो

गुर्भाकोट नगरपालिकाले राउटे युवतीहरु माथि भएको यौ’नजन्य दु’र्व्यवहारको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। नगरप्रमुख हस्त पुन र उपप्रमुख मैना बि.कले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न ३ जना आपराधिक मनोवृत्तिका व्यक्तिहरूलाई पक्राउ गरि कानूनी दायरामा ल्याइसकिएको जनाएका छन्।

राउटे समुदायको सुरक्षाप्रति नगरपालिका गम्भिर रहेको भन्दै स्थानीय प्रशासनसँगको समन्वयमा राउटे वस्तीको वरपर सुरक्षाकर्मीको नियमित गस्ती बढाइने नगरप्रमुख पुनले बताए। राउटे बस्तीभित्र अनावश्यक आवतजावत गर्ने, बस्तीमा वा अन्य ठाउँमा राउटे समुदायका व्यक्तिहरूलाई मदिरा सेवन गराउने, मनोरञ्जनका लागि टिकटक बनाउने जस्ता कार्य भएगरेमा हदैसम्मको कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

राउटे बस्तीमा समाचार संकलन गर्ने र डकुमेन्ट्री बनाउने कार्य गर्नुपरेमा नगरपालिकासँग पूर्व स्वीकृति लिनुपर्ने अन्यथा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

पुरुषसँग मितेरी, युवतीलाई दु’र्व्यवहार

समाजका केही आपराधिक मनोवृत्तिका व्यक्तिहरू राउटे बस्तीमा प्रवेश गरी पुरुष राउटेहरुसँग मितेरी लगाएको भन्दै नाता लगाउने, मदिरा खुवाउने र युवतीहरुलाई दु’र्व्यवहार गर्नेगरेको समेत पाइएको छ। युवती दु’र्व्यवहारको आरोपमा पक्राउ परेका घर्तीसँग आफूले मितेरी लगाएको एक राउटे युवकले बताए।

सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ। उनीहरुलाई जबर्जस्ती फोटो, भिडियो खिच्न लगाउने र भाइरल बन्ने क्रियाकलापहरू बढेका छन्।

कुनै एक ठाउँमा स्थायी बसोवास नगर्ने फिरन्ते जाती राउटे विगत केही समयदेखि गुर्भाकोट नगरपालिका विभिन्न जंगल छेउछाउमा बस्दै आएका थिए। पछिल्लो समय उनीहरु गुर्भाकोट नगरपालिकाको वडा नं. ११ स्थित आपसोती जनैघाटको भेरी किनार क्षेत्रमा बस्दै आएका छन्।

Source: Panchakoshikhabar

प्रतिक्रिया

सम्बन्धित खवर