सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका भट्टले मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन्।

भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पनि मत दिएपछि बहुमत पाएका हुन्।  नेपाली कांग्रेसले उनको सरकार  ढल्न नदिने बताए पनि  पक्ष-विपक्षमा मत भने हालेन।

प्रदेश सभामा ५१ उपस्थित सांसदमध्ये ३० ले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन्।

कांग्रेसका १२ जना सांसदले भने मत हालेनन्।  प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन्।

यता मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीका नेतालाई निर्देशन दिए पनि एमालेका २४ मध्ये १७ जनाले भट्टलाई मत दिए।

नेपाल पक्षको दबदबा रहेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले आज बिहान बैठक गरेर भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर