एप्पलले आफ्नो एप्पल घडीका लागि नयाँ वाचओएस ८ सार्वजनिक गर्ने योजना बनाएको छ।

ग्याजेट नाउका अनुसार एप्पलले आयोजना गरेको यस वर्षको पहिलो कार्यक्रममा आफ्ना आउँदो सफ्टवेयर अपडेटबारे विस्तृत जानकारी दिएको थियो। जसमा आइफोनका आइओएस १५ र एप्पल घडीका लागि वाचओएस ८ संस्करण आउने बताएको छ।

हरेक वर्ष हुने सफ्टवयेर अपडेटभन्दा यो पटक कम्पनीले एप्पल घडीमा भने नयाँ फिचर थपेको छ।

रिर्पोटहरुका अनुसार नयाँ वाचओएस ८ को अपडेट अन्तर्गत एप्पल घडीमा ‘माइन्ड’ एप थपिने छ, जुन प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर बनाइएको हुन सक्ने अनुमान छ।

एप्पलका विकासकर्ता खाओस टियानले गरेका एक स्क्रिनसट पोस्ट मार्फत् नयाँ एपको जानकारी खुलासा भएको हो।

खाओस टियानले एप स्टोर पेजको स्क्रिनसट लिएका थिए, जसमा ‘एप्पल माइन्ड’को वेबसाइट देख्न सकिन्छ। ‘माइन्ड’ भनिने कुनैपनि एप आइफोनमा नभएको हुनाले यो वाचओएस ८ को नयाँ फिचर हुने अनुमान भएको ग्याजेट नाउले लेखेको छ।

एपको नाम ‘माइन्ड’ अर्थात् दिमागसँग मिल्दो हुनाले यो प्रयोगकर्ताको मानसिक स्वास्थ्यका लागि प्रयोग हुन सक्ने अनुमान लगाइएको हो।

अहिलेसम्म एप्पलले मानसिक   स्वास्थ्यको लागि कुनै एप बनाएको छैन। एप्पल घडीमा भएको ‘ब्रिथ’ एपले प्रयोगकर्तालाई समय समयमा सास फेर्न सचेत गराउदै आएको छ, तर यो मानसिक स्वास्थ्यका लागि भने बनेको होइन।

थुप्रै कम्पनीहरुले स्मार्टघडीमा फिट्नेस तथा ब्रिथ एप राखेको भएपनि प्रयोगकर्ताको मानिस स्वास्थ्यलाई कुनै विशेष एप बनेको छैन। यदी एप्पलले आफ्नो स्मार्टघडीमा ‘माइन्ड’ एप सार्वजनिक गरे नयाँ फड्को मार्न सक्ने ग्याजेट नाउको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर