अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट संवविधानुअनुसार नै आएको बताएका छन्।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा बजेटका सन्दर्भमा बोल्दै पौडेलले संविधानको व्यवस्थाअनुसार नै बजेट आएको प्रतिक्रिया दिएका छन्।

कामचलाउ सरकारले संविधानको मर्म विपरीत हतारमा अध्यादेशबाट बजेट ल्याएको भन्दै आलोचना भइरहेको छ। अर्थमन्त्री पौडेलले भने संविधानमा जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था रहेको तर संसद नभएकाले अध्यादेशबाट बजेट ल्याइएको जानकारी दिए।

कोरोना महामारीको अवस्थामा जनता तथा अर्थतन्त्रलाई जोगाउनका लागि कामचलाउ बजेटमात्र ल्याउनु भनेकव राज्य र जनताप्रति सरकारको गैरजिम्मेवारी हुने भएकाले पूर्ण बजेटको विरोधमा कुनै तुक नरहेको उनको भनाइ छ।

‘मैले पनि आलोचनाहरु सुनेको छु। कामचलाउमात्र ल्याउनुपर्छ भनेर। यो समय कामचलाउन बजेट ल्याउने हो? यसले काम गर्छ?यत्रो महामारीसँग लड्नुपर्ने छ अनि कामचलाउ बजेट ल्याउनु जायज हुन्थ्यो?’ पौडेलले प्रश्न गरे।

आफूले सबैलाई समेट्नेगरी बजेट ल्याएको र यसको कार्यान्वयनमा कुनै शंका नगर्न उनले आग्रह गरे। कार्यान्वयन गर्नेगरी नै बजेट ल्याइएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर