काठमाडौं । सन्दर्भ थियो : धर्ती आकाश बोलको गीत रिलिज गर्ने कार्यक्रम । मञ्चमा अतिथि थिए पूजा शर्मा र आकाश श्रेष्ठ । झन्डै एकघण्टा उनीहरु सँगै रहे र एकापसमा बोलेनन् ।

शुक्रबार चावहिलस्थित केएल टावरको फिल्म हलमा देखिएको दृश्य हो यो । गत महीनासम्म गहिरो प्रेममा रहेको यो जोडी अहिले अलग भएजस्तो देखिएको छ । यो अनुमान किनपनि सहि छ भने उक्त कार्यक्रममा सँगै भएरपनि पूजा र आकाश दुबैजना बोलेनन् ।

उनीहरुबीच ब्रेकअप भएको यो भन्दा बलियो प्रमाण हुन सक्दैन । किनभने, परिस्थिती बताउन दृश्य नै काफी छ । पूजा पछिल्लो सिट र आकाश अघिल्लो सिटमा बसेका थिए । यतिसम्मकी एकापसमा मुखामुख पनि गरेनन् ।

अर्जुन पोखरेलद्वारा संगीतबद्ध यो गीतमा पूजा र आकाशले नै अभिनय गरेका छन् । जब गीतलाई पर्दामा देखाउन थालियो, तब पूजा रुन थालिन् । उनी छेउ बसेका साथीहरुले उनको छचल्किएको आँसु पुछिरहेको देखिन्थ्यो । तर, पूजाले आकाशसँग सीधै नबोलेपनि आफ्नो सास रहेसम्म मित्रता रहिरहने बताइन् ।

यसैमहीना रजतपटका प्रकाश सुवेदीले संचालन गरेको एक राहत बाँड्ने कार्यक्रममा आकाश गएपछि पूजासँगको सम्बन्ध बिग्रिएको हो । सुवेदीसँग पूजा यसअघि नै क्रुद्ध छिन् । सुवेदीकै कारण आकाश र पूजाको सम्बन्धमा दरार देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर