श्री स्वस्थानी वर्त हिन्दू महिलाहरुले गर्ने कठिन वर्त मध्य एक हो । यो पर्ब पौष शुक्ल पूर्णिमाको दिन देखी माघ शुक्ल पूर्णिमाको दिन सम्म एक महिना चल्ने गरेको छ ।

यस पर्वमा विशेषगरी महिलाहरू बिहान उठी स्नान गरेर महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिना वर्त समेत बस्ने गर्छन् । सत्ययुगमा हिमालयको पुत्री पार्वतीले महादेव पती पाउ भनी वर्त बसेको र मनोकामना पुरा भएको बिश्वासमा, श्री स्वस्थानीको वर्त प्रारम्भ गरिएको धार्मिक मन्याता छ।

काठमाडौंको साखु स्थित सालीनदि, पशुपती, गौरिघाट, गुहेश्वोरी र सतिदेबीको अङ पतन भएका बिभिन्न धर्मिक स्थलमा एक महिना सम्म भक्तजनहरुको घुहिचो हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर