सर्बियाली मोडल नतालिया स्केचले हालै एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनका अनुसार उनलाई संसारका नम्बर १ टेनिस खिलाडी नोवाक जोकोविचलाई फसाउन र सेक्स टेप बनाउनका लागि मोटो रकम अफर गरिएको थियो । नातालियाले उनलाई यसका लागि ६० हजार यूरो अर्थात् ८२ लाख रुपैयाँ र आफूलाई मनपरेको कुनै पनि स्थानमा भेकेसनको अफर गरिएको थियो ।
इन्स्टाग्राम स्टारले यूरोपेली म्यागजिन स्वेट एण्ड स्क्यान्डलसँगको कुराकानीमा नोवाकको वैवाहिक जीवन ध्वस्त पार्नका लागि यस्तो योजना बुनिएको जानकारी दिइन् ।








