चौधरी ग्रुपले आज मंगलबारबाट इन्टरनेट सेवा सुरु गरेको छ । ग्रुपको सिजि कम्युनिकेशनले ललितपुरको जावलाखेल, भनिमण्डल, झम्सिखेल र एकान्तकुनाबासीलाई तत्काल इन्टरनेट वितरण सुरु गर्दै इन्टरनेट सेवा सुरु गरेको हो । यस ग्रुपले वितरण गरेको इन्टरनेट सेवालाई सिजि नेट नाम दिइएको छ ।

यस कम्पनीले वितरण गर्ने इन्टरनेट सस्तो र उच्च गतिको हुने जनाइएको छ । कम्पनीका अनुसार १२० एमविपिएसको इन्टरनेट मात्र ९९९ रुपैयाँमा प्रतिमहिना उपभोग गर्न सकिन्छ । कम्पनीले विस्तार ललितपुरका अन्यभागसँगै काठमाडौ र भक्तपुरमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ । उपत्यकामा यो सेवा विस्तार गर्न १ महिना र देशभर पुर्‍याउन चाही १ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर