नेकपा एमालेका अध्यक्ष एंव केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभामा पार्टीको संसदीय दलका नेता रहेका प्रकाश शाहलाई २४ घन्टे स्पष्टीकरण सोधेका छन्।

ओलीले शुक्रबार पत्र पठाएर शाहलाई केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन किन पालना नगरेको स्पष्टीकरण दिन भनेका हुन्।

शाहले आफूसहित अरू ६ जनालाई त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनाएका छन्।

एमाले प्रदेश कमिटीले उनलाई यसअघि नै पार्टीबाट कारबाही गर्न सिफारिस गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर