हेर्नुहोस् खेलतालिका
‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७ गते) सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको हो ।
युरोकपको १६औं संस्करण युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । युरोकप सुरु भएको ६० वर्षको अवसरमा यो प्रतियोगिता धेरैवटा देशमा आयोजना गर्न लागिएको हो । यस पटक सीमित दर्शकका बीच खेल हुनेछ ।