![](https://chankheli.kblu.org.np/wp-content/uploads/2021/06/United-States-Nations-League.jpg)
अमेरिकाले कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ । क्रिस्टियन पुलिसिकले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अमेरिकाले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि चुमेको हो ।
अमेरिकाले दुई पटक पछि परेको स्थिति उल्टाउँदै खेल आफ्नो पक्षमा पा¥यो । कोलोराडोमा सोमबार भएको फाइनलमा निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि इन्जुरी समयमा अमेरिकाले जित हात पारेको हो । जहाँ पुलिसिकले ११४औं मिनेटमा विजयी गोल गरे ।
![](https://chankheli.kblu.org.np/wp-content/uploads/2021/05/jalpapost-ad-250250.gif)
त्यसअघि मेक्सिकोले दुई पटकसम्म अग्रता बनाए पनि अमेरिकाले पुनरागमन गरेको थियो ।
रोमाञ्चक खेलको दोस्रो मिनेटमा जेसस मानुएल कोरोनाले गोल गर्दै मेक्सिकोलाई सुरुमै अग्रता दिलाएका थिए । तर २७ औं मिनेटमा अमेरिकाका लागि जियोभानी रेनाले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमै सकिएको थियो ।
दोस्रो हाफमा पनि दुवै टिमले एक–एक गोल थपे । डिएगो लाइनजले ७९ औं मिनेटमा गोल गर्दै मेक्सिकोलाई २–१ को अग्रता दिलाए । तर तीन मिनेटपछि नै अमेरिकाका वेस्टन म्याकेनीले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याए ।
निर्धारित समयको खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । ६ मिनेट बाँकी छँदा पुलिसिकले गोल गरेपछि अमेरिकाले खेल ३–२ ले जित्यो ।
अमेरिकाले पहिलो संस्करणमै यो उपाधि जितेको हो ।