सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।
केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’