अभिनेत्री उर्वशी रौतेला फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण चर्चामा सधै रहन्छिन् । उनी अक्सर फ्यानको लागि आफ्नो सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले समेत रुचाउने गरेका छन् । हालै उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । जुन इन्टरनेटमा रुचाइएको छ । तस्बिरमा उनले कालो कलरको डिपनेक र साइटकट गाउन लगाएकी छन् । जसमा उनी निकै आकर्षक देखिएकी छन् ।

यो ड्रेसमा उनको क्विवेज पनि देखिएको छ । घाटीमा लकेट चेन र कानको रिङ्गले सिंगार्ने काम गरेको छ । मिलिनियम मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् । फ्यानले उनको लुक्सको प्रशंसा गरिरहेका छन् ।

उर्वशी पछिल्लो समय नयाँ भिडियो ‘वर्षा बेबी’ को सुटिङ गरिरहेकी छन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट हो । यो गीत २०२१ को सबैभन्दा बढी बजेटको गीत भएको समेत बताइएको छ । गीतको एक झलक अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर